गोरखा, १६ बैशाख २०७८ । बारपाक सुलिकाेट गाउँपालिका पशु सेवा शाखाबाट भेडा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
भेडाकाे घुम्ति गाेठ रहेकाे स्थानमा पुगेर भेडाकाे स्वास्थ्यमा देखिएका समस्या र राेगकाे पहिचान गरिएको छ ।
उन विकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत गोरखाको बारपाक सुलिकाेट गाउँपालिका वडा न १ र २ मा रहेका भेडाकाे घुम्ति गाेठ रहेकाे स्थानमा पुगेर भेडाकाे स्वास्थ्यमा देखिएकाे समस्या र राेगकाे पहिचान गरिएको हो ।
त्यसकाे औषधि उपचार लगायत आवस्यक प्राविधिक सल्लाह सुझाव सहित बारपाक सुलिकाेट गाउँपालिका पशु सेवा शाखाबाट गरिएको थियो ।









































