Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:५४ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ

प्रकाशित मिति: २०७८ वैशाख १०, शुक्रबार

671
Shares

वीरगञ्ज, १० बैशाख २०७८ । भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकामा कडाई गरेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सिमानाकामा हुने आवागमनमा कडाइ गरिएको जानकारी दिनु भयो । अत्यावश्यक कामबाहेक कसैलाई भारतबाट नेपाल भित्रिन नदिइएको उहाँले जानकारी दिनुभयो ।

खुला र अनियन्त्रित आवागमनले कोरोना संक्रमण अझ फैलिने जोखिम बढेपछि नाकाबाट अनावश्यक या साना कामका लागि हुने आउजाउलाई निरुत्साहित गर्न स्थानीय प्रशासनले सीमा नाकामा कडाई गरेको हो । वीरगञ्ज महानगरपालिका लगायत पर्सा जिल्लामा नै सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि सिमा नाकामा कडाइ गरिएको र मुख्य नाकामा दुईवटा हेल्थडेक्स राखी भारतबाट आउने मानिसहरूको तापक्रम जाच्ने तथा कोरोनाको एन्टिजेन परीक्षण गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले गोरखापत्रलाई बताउनुभयो ।

एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएमा संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बिहीवार बैठक बसी पर्साका १४ वटै स्थानीय निकायहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजकत्वमा बसेको पर्साका १४ ओटा पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार तयारी राख्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

पछिल्लो केही दिन यता भारतका विभिन्न सहरमा रोजगारीको लागि पुगेका नेपालीहरु नेपाल फर्किनेक्रम बढेको छ । वीरगञ्जको सिमावर्ती सहर रक्सौलमा रहेको रेल्वे स्टेशनमा दिल्ली लगायत बिभिन्न भारतीय सहरबाट सिधा रेलसेवा सुचारु रहेकाले पनि यो नाका भएर भित्रिने नेपालीको संख्या बढेको हो ।

भारत र नेपालका सिमावर्ती गााऊहरुमा धेरैको वैवाहिक सम्बन्धका कारण भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा रहेका आफन्तकोमा पाहुना बनी छोरी ज्वाईका वा बुहारीका नातेदारहरु आउन थालेपछि पनि नेपाल भित्रिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

त्यस्तैगरी बारा पर्सामा रहेका उद्योग कलकारखानामा अधिकांश कामदारहरु भारतीय रहेकाले भारतमा कोरोनाले महामारीको रुप लिन थालेपनि यसक्षेत्रको उद्योग कलकारखानामा कार्यरत कर्मचारी एंव मजदुरले आफन्तलाई यतै बोलाउन थालेपछि सिमानाका भएर नेपाल भित्रिनेमा नेपालीमात्र नभई भारतीयको संख्या पनि उल्लेख्य रहने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -