गोरखा, ९ बैशाख २०७८ । गैरआवासीय नेपाली संघद्वारा गुम्सीपाखामा निर्मित नमुना बस्ती आज हस्तान्तरण गरिएको छ ।
बि स २०७२ को भूकम्पको केन्द्रविन्दु बारपाकनजिकैको वस्ती लाप्राकका बासिन्दाका लागि गैरआवासीय नेपाली संघद्वारा गुम्सीपाखामा निर्मित नमुना बस्ती आज एक कार्यक्रमका बिछ हस्तान्तरण गरेको हो ।
धार्छे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, माननीय हरिराज अधिकारी, अन्य अतिथि महानुभाव, स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।











































