काठमाडौँ, ७ बैशाख २०७८ । नेपाल पर्यटन बोर्डले नियमितरूपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनीमा यस पटक गोरखाको बारपारका फोटाहरूको अनलाइन प्रदर्शनी हुने भएको छ ।
बि स २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु भएका कारणले राष्ट्रिय–अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको बारपाक पर्यटकीय गाउँ हो । बारपाकको प्रचार–प्रसारसँगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गर्न लागिएको हो ।
आफ्नो तस्बिर प्रदर्शन गर्न चाहनेले फोटो पठाएर सहभागी हुन सकिने र सहभागी हुन चाहनेका लागि फोटो खिच्ने तरिकाबारेको प्रशिक्षणसमेत आयोजना गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताउनुभएको छ । प्रदर्शनी वैशाख १० देखि सुरु हुँदैछ ।
प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई आठ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँको समेत व्यवस्था गरिएको छ ।
फोटो पठाउन याे लिङ्कमा जानुहाेस्– तलको रहेको छ | https://docs.google.com/forms/d/1PlmhVbuVOd2B92CZocje6S037roz7XvaghwhQERIM2Y/edit
प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटोहरूको प्रदर्शनी नेपाल पर्यटन बोर्डले नियमितरूपमा आयोजना गरिरहेको ह्यासट्याग फोटो नेपाल प्रदर्शनी अन्तर्गत बारपाक सुलिकोटको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्व उजागर गर्ने उद्देश्यका साथ विभिन्न अनलाइन कार्यक्रमको आयोजना गरिएको छ । यस प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृश्यावलोकन गर्न सकिने स्थल, पर्यटकलाई आकर्षित गर्ने वस्तुका तस्बिर राखिने छन् ।
फोटो प्रदर्शनी वैशाख २२ सम्म हुने र साथै बारपाक सुलिकोट गाउँपालिकाको भर्चुअल टुर कार्यक्रम समेत आयोजना गरिने छ । भर्चुअल टुर कार्यक्रममा सहभागी हुन याे लिङ्कमा जानुहाेस्–https://docs.google.com/forms/d/15ry1hGzMx4ujRJBZJD33c2O7Qh_Yzx_VLcEaukL-094/edit









































