गोरखा, २ बैशाख २०७७ । शिक्षक राख्न चन्दा संकलन सुरु गरेको छ ।
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ को चण्डिका आधारभुत विद्यालयले निजी स्रोतमा शिक्षक राख्न चन्दा संकलन सुरु गरेको हो ।
विद्यालयमा भईरहेको शिक्षक दरबन्दी कटौती भएपछि वडा अध्यक्ष, ब्यवस्थापन समिति, स्थानीय र स्वयम विद्यालयमा पढाउने शिक्षकहरुले आर्थिक संकलन सुरु गरिएको हो ।
वडा अध्यक्ष शरण श्रेष्ठको उपस्थितीमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बिकको अध्यक्षतामा मंगलवार बसेको बैठकले आर्थिक संकलन गरेर निजी स्रोतमा शिक्षक राख्ने निर्णय गरेको छ ।
वडा अध्यक्ष श्रेष्ठले २८ हजार पाँच सय, वडा सदस्य गोपाल बहादुर रानाले १५,०००, प्रधानाध्यापक गणेशमान श्रेष्ठ, शिक्षक कृष्णप्रसाद अम्गाई, कमला श्रेष्ठ, अन्जु श्रेष्ठले २८ हजार दुई सय, शिक्षकहरु नारायण कुमार श्रेष्ठ, बिनिता थापा मगर, कल्पना श्रेष्ठ, सन्तोषी लामिछानेले २६ हजार छ सय १० सहयोग गरेका छ्न ।
शिक्षक एलिसा श्रेष्ठले १६ हजार आठ सय, बिष्णु बिकले १० हजार र कार्यालय सहयोगी जितबहादुर श्रेष्ठले पाँच हजार सहयोग गरेका छन् ।
विद्यालयमा शिक्षक राख्न दिपककुमार श्रेष्ठ ९अनु०, कृष्णमान श्रेष्ठ ९इश्वर०, रामप्रसाद श्रेष्ठ, बिष्णुबहादुर श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, शंकर प्रधान, प्रकाश श्रेष्ठ, किरणबाबु श्रेष्ठले नगद १०÷१० हजार सहयोग गरेका छन्। पूर्णबहादुर थापा, लेखबहादुर थापाले १५÷१५ हजार सहयोग गरेका छन् । प्रकाश गजमेरले पाँच हजार, फत्तबहादुर रानाले २५ हजार र सुवेदार श्यामबहादुर थापाले ५० हजार गरी चार लाख ९४ हजार पाँच सय ४० रुपैयाँ संकलन भएको हो ।









































