रोल्पा, २३ चैत्र २०७७ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन अन्तर्गत प्राकृतिक श्रोत व्यवस्थापन कलेज माडीचौर, रोल्पामा विगत केहि दिनदेखि राजनैतिक आस्थाका आधारमा गरिएको मतभेदका कारण तनावग्रस्त रहेको थियो ।
कलेजका आमविद्यार्थीहरुलाई राजनीति आडमा दिएको धम्कीपूर्ण अभिव्यक्ति अनुरुप नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति रोल्पाले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको थियो ।
विद्यार्थीलाई एकमात्र बैचारिक समुहमा नरहे ज्यान लिने सम्मको धम्की आएको थियो। उक्त क्याम्पस माडीचौर, रोल्पामा रहेका विद्यार्थीहरुलाई धम्कीपूर्ण तरिकाले डर , दबाब दिदै नेपाली कांग्रेसको भातृसंगठन ने.वि संघमा आबद्ध रहे अङ्ग-भङ्ग गरिने र गिडेर फ्याँक्न समेत पछि नपर्ने भन्दै अखिल क्रान्तिकारीका विद्यार्थीहरुले गरेको गैरराजनीतिक गतिविधि उपर कार्वाही भएको छ।
उनीहरूलाई सक्त कार्वाहीका लागि चौतर्फी आवज उठिरहेको थियो जस अनुसार मावोवादी केन्द्रको क्षेत्र मानिएको माडीचौेर रोल्पालाई बचाउन सिंगो पाटी पक्ती लाग्दै गर्दा आमविद्यार्थीको भावना अनुरुप स्वतन्त्रताको जित भएको छ ।
संविधानमा उल्लेख भए अनुसार स्वतन्त्र रूपले विचार राख्ने , राजनैतिक दलको सदस्य हुने व्यवस्था विरुद्ध अखिल क्रान्तिकारीले गरेको कदम गलत रहेको चौतर्फी आवज संग-सगै ने.वि संघ जिल्ला कार्य समिति रोल्पाले जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएको थियो । अखिल क्रान्तिकारी को संगठन बिस्तार का लागि दर्जनौं संख्यामा मावोवादी कार्यकर्ता को उपस्थितले माडीचौर रोल्पा अराजकता, भयभीत भन्दै गइरहेको थियो ।अखिल क्रान्तिकारी समुहले लेखित माफि माग्दै उक्त घटनामा गल्ती भएको स्विकार गर्दै आउदो दिनमा सर्जक रहने विचार को राजनीति लाइ प्रथामिकता दिने जानकारी दिएको छ ।
जसमा नेपाल विद्यार्थी संघ समक्ष राजनैतिक संस्कार सिक्न नेविसंघ का नेताहरुले आवहान गर्नु भएको छ ।









































