Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०४:५२ बिहान
- ADVERTISEMENT -

बैतडी जिल्लामा दोस्रो फलामखानी भेटियो

प्रकाशित मिति: २०७७ चैत २१, शनिबार

438
Shares

बैतडी, २१ चैत्र २०७७ । बैतडी जिल्लामा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताउनुभयो ।

फलामखानी भएको स्थान पाटन नगरपालिकाको खोड्पेबाट एक घण्टाको दूरीमा रहेको छ । जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो सम्भावना देखिएको सुभम मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “८० प्रतिशतसम्म फलाम भेटिएको छ । विस्तृत अध्ययन भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ । सुरुमै फलाम भेटिँदा भने हामी उत्साहित बनेका छौँ ।” फलामखानी सञ्चालनमा आए रोजगारी सिर्जना हुने सिगा गाउँपालिका–१ का वडाध्यक्ष गगनसिंह धामीले बताउनुभयो ।

धामीले भन्नुभयो, “गाउँमा रोजगारी नहुँदा भारत जानुपर्ने बाध्यता छ । खानी उत्खनन हुनसके गाउँमै रोजगारी सिर्जना हुन्छ । ” फलामखानीको विस्तृत अध्ययन गर्न आएको टोलीलाई स्थानीय सरकारले सक्दो सहगोग गरिरहेको अध्यक्ष धामीले बताउनुभयो । यसअघि बैतडीको पुरचौडीमा रहेको फलाखानीबाट स्थानीयले भाँडाकुडा बनाउने गरेका थिए ।

द्वन्द्वकालमा बन्द भएको पुरचौडीको फलामखानीमा अहिले पनि करिब तीन सयभन्दा बढी खाल्डा रहेका छन् । पुरचौडीको फलामखानी निरीक्षण गर्न खानी तथा भूगर्भ विभागको टोली आए पनि फलाम उत्खननको काम अगाडि नबढेको पुरचौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -