बागलुङ, शुक्रबार, २० चैत्र २०७७ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरीमा भएको घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् ।

गत चैत्र १५ गते होली खेल्ने क्रममा विवाद हुँदा निसीखोला गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।

यस विषयम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर एसपी पल्ली मगरले बताए ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका १० का युवाहरु रहेका छन् । घटनाका आरोपीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्