Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४८:१४ बिहान
- ADVERTISEMENT -

भारतबाट फर्किएका संक्रमितहरू सीधै घरतिर

प्रकाशित मिति: २०७७ चैत १६, सोमबार

621
Shares

गौरीफन्टा, सोमबार, १६ चैत्र २०७७ । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन्। कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पोजिटिभ देखियो। तर, कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो।

भारतबाट सँगै आएका उनका भाइको पनि रिपोर्ट पोजिटिभ देखियो। उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर बसेर बेपत्ता भए। प्रहरी र स्वास्थ्यकर्मीले खोजी गरे पनि उनी फेला परेनन्। ‘अहिले यहीनेर थिए। सायद घर गए होलान्’, उनका दाजुले भने।

सुर्खेतको लेकबेसी-४ का एक व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो। ज्वरो बढी नरहेको भन्दै उनलाई पाँचवटा मास्क दिएर हेल्थ डेस्कका स्वास्थ्यकर्मीले घर पठाए। नाकाबाट अरू पनि यात्रु बसेको अटोमा चढेर उनी धनगढी बसपार्क आए। उनले सुर्खेतका लागि बसको टिकट बनाएर घरतिर लागे।

यस्तै, अछामको मंगलसेन–१४ का एक व्यक्तिमा कोरोना पोजिटिभ देखियो। उनलाई पाँचवटा मास्क दिएर घरमै आइसोलेसन बस्न भन्दै घर पठाइयो। उनी पनि नाकाबाट यात्रुले भरिएको अटो चढेर धनगढी बसपार्क पुगे। उनले अछामका लागि बसको टिकट बनाएका छन्।

भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँका विभिन्न राज्यमा शनिबार मात्रै ४९ हजार जनामा संक्रमण देखिएको छ। तीमध्ये पनि सात सयभन्दा बढीमा कोरोनाको दोस्रो चरणको भाइरस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालतर्फ सीमा नाकामा हेल्थ डेस्क राखिएका छन्। त्यहाँ स्वास्थ्यकर्मी खटिएका छन्। उनीहरूले भारतबाट आएकाहरूको एन्टिजेन परीक्षण गरिरहेका छन्।

‘तर पोजेटिभ आएका व्यक्तिलाई सुरक्षित आइसोलेसनसम्म पुर्‍याउने कुनै साधन छैन। हामीलाई घरमा आइसोलेसन बस्ने र पाँचवटा मास्क दिएर पठाइदिने भनिएको छ’, गौरीफन्टा नाकाका हेल्थ डेस्क इन्चार्ज गणेश साउदले भने, ‘हामीले परीक्षण गरिदिने हो। पोजेटिभ देखिएका व्यक्तिहरूलाई कसरी घरसम्म पुर्‍याउने ? एम्बुलेन्सको व्यवस्थापन गर्ने र अस्पतालसम्म वा आइसुलेसनसम्म पुर्‍याउने कार्य स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकारको हो। उनीहरूलाई पठाउने साधन छैन।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -