गोरखा, आइतबार, १५ चैत्र २०७७ । नेपाल प्रेस युनियन गोरखाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उपाध्यक्ष नरहरी सापकोटालाई उठाउने निर्णय गरेको छ । शनिबार बसेको जिल्ला समितिको बैठकले सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।

महासंघको जिल्ला सचिव रहेका सापकोटा युनियनका गोरखा उपाध्यक्ष समेत हुन । युनियनका अध्यक्ष नरेन्द्र ढकालद्धारा हस्ताक्षरित अपिल पत्रमा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सम्पूण पेशागत संघ, संगठन, ब्यवसायिक पत्रकारहरुवीच बृहत्तर एकता कायम गरी अघि बढ्न अपिल गरिएको छ ।

पत्रकार महासंघको यहीँ चैत २५ गते निर्वाचनको मिति घोषणा भइसकेको छ । युनियनको नेतृत्वलाई सर्वसम्मत बनाउन अन्य संघ, संगठनहरुलाई समेत सहयोग गर्न आह्वान गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्