गोरखा, शुक्रबार, १३ चैत्र २०७७ । गोरखा उधोग बाणिज्य संघ गण्डकी गाउँपालिकाको कार्यसमिति गठन गरिएको छ ।
गोरखा उधोग बाणिज्य संघका बरिस्थ उपाध्यक्ष कृण्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाको प्रमुख आथित्यतामा, बिशेष अतिथिका रुपमा गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारी, अतिथिका रुपमा श्रबण कुमार जोशी नि बर्तमान अध्यक्ष, गोरखा उधोग बाणिज्यसंघका कार्यसमिती सदस्यहरु शरण श्रेष्ठ, मानकाजि श्रेष्ठ, अनु श्रेष्ठ ,गोउबासंघ कार्यकारी सचिब दिपेन्द्र श्रेष्ठ , गण्डकी गापाको ब्यबसायी लगायत अन्य महानुभावको उपस्थि रहेको थियो ।
गण्डकी गाउँपालिका गोउबासंघको कार्यसमितिमा अध्यक्षमा खोमनाथ अधिकारी, बरिष्ट उपाध्यक्षमा सेर बहादुर थापा, उपाध्यक्षमा ईश्वर बि क, सचिवमा नारायण पन्त, कोषाध्यक्षमा बिकास थापा, सह-सचिबमा पुष्प कुमार गुरुङ चयन हुनु भएको छ ।
त्यसैगरी, सदस्यहरुमासगुन पन्त, ईन्द्र प्रसाद पन्त, हरि शरण श्रेष्ठ, शिब गुरुङ, भरत कुमार श्रेष्ठ, बिण्णु पौडेल, तोप बहादुर गुरुङ, नारायण श्रेष्ठ चयन हुनु भएको हो ।









































