विराटनगर, शुक्रबार, १३ चैत २०७७ । प्रदेश १ मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

आज थपिएका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ लिनुभएको छ ।

यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिनुभएको छ ।

नयाँ थपिएका मन्त्रीलाई प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गर्नुभएको प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री बन्नुभएको छ । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्रीमा नियुक्त हुनु भएको छ ।

हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम बहादुर मगर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन तथा वातावरण राज्यमन्त्री नियुक्त हुनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्