काठमाडौँ, बिहिबार, १२ चैत्र २०७७ । गण्डकी प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन गरिएका विकास योजनाको अनुगमन सुरु गरेका छन् । गोरखा क्षेत्र नं १ को ‘ख’ अन्तर्गत चार स्थानीय तहमा चालू आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन भएका योजनाको अनुगमन सुरु गरिएको हो ।

निर्वाचन क्षेत्र सञ्चालित योजनाहरुको कार्यान्वयनमा तिव्रता दिन अनुगमन सुरु गरिएको मन्त्री बस्नेतले बताए । ‘प्रदेश सभा अन्तरगत निर्वाचन क्षेत्रमा संचालित योजनाहरुको कार्यान्वनको व्रmममा निर्माण व्यवसायी, उपभोक्ता समितिबाट ढिलासुस्ती भइरहेको हुन सक्छ । हाल संचालित योजनाहरुको समयअवधि भित्रका काम सम्पन्न गर्न र विकास निर्माण कार्यलाई तिव्रता दिन अनुगमन सुरु गरेका हौँ ।

यो मन्त्रालयको नियमित प्रक्रिया पनि हो,’ उनले भने । प्रदेश सरकार अन्तरगतका मन्त्रालयबाट संचालित योजनाहरुमा भइरहेका ढिलासुस्तीलाई हटाउन र समय अवधि भित्र काम सक्न विहिबार देखि अनुगमन सुरु गरिएको उनको भनाइ छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्