गोरखा, मंगलबार, १० चैत्र २०७७ । “पशुको पुर्ण खोप अभियान, स्वस्थ्य पशु समृद्ध किसीन” भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा पशुको पुर्ण खोप सम्बन्धी वडा स्तरिय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शहिद लखन गापा वडा-७ का वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथिका रूपमा काशिनाथ अंगाई वडा अध्यक्ष शहिद लखन गापा वडा-८, राम प्रदास लामिछाने वडा अध्यक्ष शहिद लखन गापा वडा-९, डा ऋषिराम सापकोटा प्रमुख भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखा, अमृता सिग्देल वडा सचिव शहिद लखन गापा-वडा-७, वडा सदस्यहरु लक्ष्मी प्रसाद पौडेल, सुदिप बिक भे.अ.तथा प.से.वि.के गोरखा, ऋषि मरहट्ट शहिद लखन गापा पशु शाखा प्रमुख,बिमला पुलामी बुङकोट स्वास्थय प्रमुख, पशु शाखाका कर्मचारी लगायत अन्य महानुभावको उपस्थिती भएको थियो।

उक्त कार्यक्रम गोरखाको शहिद लखन गाउँपालिका र भिमसेन थापा गाउँपालिकामा लागु भएको छ ।

शहिद लखन गाउँपालिकामा गाई, भैसी, भेडा, बाख्रा, बंगुर र कुकुरलाई खोप लगाउनुको साथै पशुहरुको संक्रामक रोगहरु (पिपिआर, खोरेत, चरचरे, भ्यागुते र बंगुरको हैजा) र जुनोटिक रोग (रेबिज) बिरुद खोप लगाईने जनाइएको छ ।

सोही अवसरमा खोप अभियानको रुपमा संचालन हुने, खोप कार्य गरि सकेपछि खोपको प्रभावकारीता मुल्याङन गरिने
गाउँपालिकालाई पुर्ण खोपयुक्त क्षेत्र शोषण गरिनेछ ।

पुर्ण खोपयुत्त क्षेत्र निर्माण पश्चात पशुका संक्रामक रोगहरु नियन्त्रण भएर पशुको उत्पादन बढ्ने कृषकको आयमा बृदि हुने बिश्वास गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्