काठमाडौं, आइतबार, १ चैत्र २०७७ । सिप सिकौ, रोजगारी बनौ” सन्देशसहित ४५ दिने मोबाइल मर्मत तालिम आज आइतबार समापन गरिएको छ ।
घरेलु तथा साना उधोग कार्यलय गोरखाको आयोजमा शहिद लखन गाउँपालिका वडा-६,७,८ र ९ को २० जना युवाहरु तालिममा सहभागीता जनाएका थिए ।
उक्त तालिम कालिका मोबाइल मर्मत तथा बिक्रि केन्द्र गोरखाका प्रोपाईटर दिनेश दानीले ४५ दिनसम्म तालिम सम्बन्धि विभिन्न जानकारी सहितको प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी घरेलु तथा साना उधोग कार्यलय गोरखा अध्यक्ष दिनेश पौडेल, अतिथिका रुपमा शहिद लखन गापा-वडा-७ का वडा अध्यक्ष शरण श्रेष्ठ, शहिद लखन गापा-वडा-८ का वडा अध्यक्ष कासिनाथ अंगाई, शहिद लखन गा पा-७ कि वडा सचिव,अमृता सिग्देल, वडा सदस्य-७ का दिल बहादुर गरन्जा,वडा सदस्य-८ का मिस्टर बाबु श्रेष्ठ, प्रेम बहादुर महत, घरेलु तथा साना उधोग कार्यलय गोरखा, नेकपा एमेला-प्रतिनिधी धन बहादुर बिक, नेपाली काँग्रेस-प्रतिनिधी मदन प्रसाद लम्साल, नेकपा माओबादी केन्द्र-गणेश लम्साल प्रतिनिधी, जसपा-प्रतिनिधी-मधुकर वन्त, तालिममा सहभागी युवाहरु एवम स्थानीय सामजसेविहरुको उपस्थितिमा भएको थियो ।









































