गोरखा, बुधबार, २६ फागुन २०७ । गोरखाको भिमसेनथापा-८ मा उधमशील तालिम समापन गरिएको छ ।

भिमसेनथापा गाउँपालिका र उधोग बाणिज्य आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा भिमसेनथापा गाउँपालिकामा गरिबी निवारणका लागि लघु उधम बिकाश कार्यक्रम (मेड्पा) अन्तर्गत लैगिक तथा सामाजिक समाबेशीकरण अन्तर्गत व्यवसाय सचेतना तथा व्यवसाय सुरु अन्तर्गत उक्त तालिम भएको थियो ।

उधमशील तालिमको समापन कार्यक्रममा गाउँपालिका उप प्रमुख बिनु वाग्ले, वडा नं ८ का वडा अध्यक्ष बासु थापा, सामाजिक तथा आर्थिक शाखा प्रमुख बिबेक खनाल, कार्यपालिका सदस्य सुनिता अधिकारि, सरिता भट्ट लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।

सिपमुलक तालिमप्राप्तहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गर्दै समृद्ध गाउँपालिका बनाउने महाअभियानमा कोशेढुंगा साबित हुने उप प्रमुख बिनु वाग्ले बताउनुभयो । गत फागुन १९ गतेदेखि सुरु भएको उक्त तालिम आज बुधबार समापन भएको हो ।









































