Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:१७ बिहान
- ADVERTISEMENT -

पुन:र्निर्माण प्राधिकरणका सचिवसहित एनआरएनए प्रतिनिधि मण्डल लाप्राक भ्रमणमा

प्रकाशित मिति: २०७७ फागुन २०, बिहीबार

598
Shares

गोरखा, बिहिबार, २० फागुन २०७७ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल गोरखाको लाप्राक नमूना बस्तिको निरिक्षण भ्रमण गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरक्षण भ्रमण गरेको हो । सो भ्रमण टोलिमा २० जनाको सहभागिता रहेको एनआरएनएको सचिवालयले जनाएको छ ।

लाभग्राहिका तर्फबाट बडाका अध्यक्ष, राज गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गर्दै बस्ति अब छिटो सम्पन्न हुनेमा लाभग्राहिहरु विश्वस्त भएका र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । परियोजनाका सहसंयोजक श्याम तामाङ्गले बस्ति निर्माण सम्बन्धि भएका प्रगतिहरु बारे जानकारी गराउँदै बांकी काम एक महिना भित्र सहजै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले लाभग्राहिहरुकै अनुरोधमा संघले आफ्नो घर आफैं वनाउ अभियान अन्तर्गत लाभग्राहिहरुलाई थप आयआर्जनको अवसर प्रदान गर्न सहमतिको दररेटमा कामको जिम्मा दिईएको भएता पनि काम सम्पन्न हुन ढिलाई भएको औंलाउनु भएको थियो । उहाँले समयमै काम सम्पन्न गर्न पुन: बाहिरबाट कामदारहरु लान पर्ने अवस्था आएकोमा दुख व्यक्त गर्नुभयो ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले, विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण भई रहेको नमूना बस्तिको काम अन्तिम चरणमा पुगेकोमा निर्मांण कार्यमा संलग्न हुने र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्दै आफ्नो घरमा आफैं बसि आफ्नो आवश्यक्ता अनुसार निर्माणका अन्तिम कामहरुमा सहभागी हुन लाभग्राहिहरुलाई सुझाव दिनुभयो ।

पूर्व अध्यक्ष जीवा लामिछानेले बस्तिको निर्माण कार्यमा केहि ढिलाई हुन गएतापनि अब लगभग सकिएकोले आफ्नो घर तथा आगनको सजिसजावट र निर्माण कार्यमा सहभागी हुने उपयुक्त अवसर भएकोले लाभग्राहिहरुलाई यस अवसरको उपयोग गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले बिभिन्न कठिनाईका बावजुत पनि यस्तो सुन्दर बस्ति निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वधार बिकासको लागि प्रति लाभग्राहि प्राप्त हुने रु ४ लाख अनुदान दिन प्राधिकरण कटिवद्ध रहेको र त्यस मध्य रु. एक करोड पैंसित लाखको लागतमा बस्तिको दक्षिण तर्फको रिटेनिङ्ग वाल र नाला निर्माण गरिसकेको अवगत गराउनु भयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्तले, संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भएकोले यस प्रति संधै संघको लगाव रहने र भविष्यमा पनि यस बस्तिमा गैरआवासीय नेपालीहरुको आगमन निरन्तर रहने बताउनु भयो । उहाँले लाभग्राहिहरुलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत संघले प्राधिकरणलाई घचघचाई रहेको जानकारी गराउंदै १२ बैशाख २०७८ मा अधिकारिक रुपमा बस्ति हस्तान्तरण गर्ने कार्यक्रम तय भएकोले सो समय भित्रै बस्ति निर्माणका अन्तिम कामहरु सम्पन्न गर्न लाभग्राहिहरुलाई सचेत गराउनु भयो । उहाँले बस्ति निर्माणमा सहयोग गर्ने राष्टिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सोही भ्रमण टोलिमा संघका उपाध्यक्ष डा. बद्री केसी, सल्लाहकार कूल आचार्य, क्षेत्रिय उपसंयोजक द्वय कृष्ण तिमिल्सिना र मनोज श्रेष्ठ, मध्य पूर्वका पूर्व क्षेत्रिय उपसंयोजक राजु शैयद, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य, चिन्तामणि सापकोटा, राष्ट्रिय समन्वय परिषद युएसएका पूर्व अध्यक्ष केशव पौडेल र वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी, पूर्व परियोजना निर्देशक सुवाष अधिकारी, संचारकर्मीहरु तथा संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -