गोरखा, शनिबार, १५ फागुन २०७७ । दुल्लभ क्याम्पसको तेर्हौ साधारण सभा र चौथो अधिवेशन आज शनिबार सम्पन्न भएको छ । उक्त अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।
भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख कमल भट्ट, बिधायलका पदाधिकारी, स्थानीय बासिन्दा लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।

दुल्लभ क्याम्पसको तेर्हौ साधारण सभा र चौथो अधिवेशनबाट टुकनाथ अधिकारीको अध्यक्षमा १३ सदस्सीय कार्यसमिति गठन गरिएको छ ।
उपाध्यक्षमा युवराज बस्ताकोटी चयन हुनु भएको छ । त्यसैगरी, कार्य-समित सदस्यमा नारायण प्रसाद भट्टराई , कुबिर पौडेल , कृष्ण गुरुङ , शिव प्रसाद भट्ट , कुल प्रसाद भट्ट, सुनिता अधिकारी , बासु भट्ट , धुर्ब भट्ट, कृष्ण बहादुर गुरुङ, खिला शर्मा भट्टराई रहनु भएको छ ।
साथै, सदस्य सचिवमा कमल भट्ट रहनु भएको छ ।









































