Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२६:१३ बिहान
- ADVERTISEMENT -

प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरण : ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

प्रकाशित मिति: २०७७ फागुन १३, बिहीबार

547
Shares

मोरङ, बिहिबार, १३ फागुन २०७७ । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्युको घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको छ । घटना भएको दुई महिनापछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।

उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको हो । प्रहरीले मुद्दा दर्ता गरेकामध्ये मेहरमान र कुमारलाई पक्राउ गरेको छ भने अन्य बाँकी फरार छन् ।

यसैबीच घटनाबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेनल गरेको थियो। पत्रकार सम्मेलनमा मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निष्कर्षसहित अनुसन्धानको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जानकारी गराएका छन् । तर, सरकारी वकिल कार्यालयले आवश्यक प्रमाण नपुगेको भन्दै माघ २ गते ६ जनालाई हाजिर जमानीमा छाडेको थियो ।

‘घटनाको अनुसन्धान गरेको मिसिलसहित सरकारी वकिल कार्यालयमा बुझाएका थियौं,’ एसपी खड्काले भने, ‘तर, वकिल कार्यालयबाट प्रमाण अपुग भएको भन्दै थप अनुसन्धान गर्न र पक्राउ परेकालाई हाजिर जमानी छाड्न आदेश भयो । मृतकको पोष्टमार्टम र भिसेरा परीक्षणको रिपोर्ट ढिलो आउँदा र कानुनअनुसार २५ दिनभन्दा बढी थुनामा राख्न नपाउने व्यवस्थाका कारण पक्राउ परेकालाई छाड्नु पर्‍यो ।’

घटनासँग सम्बन्धित अनुसन्धानका रिपोर्ट प्राप्त भइसकेको हुँदा प्रतिवेदन र प्रहरीको रायसहित वकिल कार्यालमा प्रहरीले बुझाइसकेको बताइएको छ । हाजिर जमानीमा छाडिएका ६ जनामध्ये २ जना पक्राउ परेको र बाँकी ४ जना फरार भएको हुँदा उनीहरूको खोजी कार्य भइरहेको एसपी खड्काले बताए ।

‘कर्तव्य ज्यानमै थालेको अनुसन्धानलाई पोष्टमार्टम र भिसेरा परीक्षणको रिपोर्टले हत्या भएको देखायो,’ एसपी खड्काले भने, ‘रिपोर्टमा ‘भ्वाइलेन्ट एपेक्सिया’ भनेको छ । रिपोर्ट अनुसार श्वास फेर्न नसकेर वा निसास्सिएर मृत्यु भएको भन्ने बुझिन्छ । त्यही भएर हत्या भएको दाबीसहित मुद्दा अघि बढाइएको हो ।’

प्रहरीले घटनालाई गम्भीर लिँदै अनुसन्धान थालेको र अनुसन्धानका क्रममा कुनै कमी कमजोरी हुन नदिएको बताउँदै, एसपी खड्काले भने, ‘प्रहरीले मिसिलमा फोटो परिवर्तन गरेको भन्दै परिवारले आन्दोलन गर्नु भएको छ । तर सक्कली मिसिल वकिल कार्यालयमार्फत अदालतमा पुगिसकेकाले त्यसमा मृतककै फोटो रहेको छ । प्रहरीसँगको नक्कल प्रतिमा अर्कै फोटो च्यापिएर बसेछ । समिति गठन गरेर छानबिन गर्दा अनुसन्धानमा कुनै लापरबाही देखिएन र पीडित परिवारलाई न्याय दिने तवरबाट प्रहरी लागी परेको छ ।’

पीडित परिवारले हत्याको घटनामा सत्य तथ्य लुकाएर तथ्यहिन फायल खडा गर्ने प्रहरी निरीक्षक उद्धव पोखरेलमाथि पनि कारबाही गर्न माग गरेका छन् । गएको पुस ५ गते बास्तोलाको सन्देहपूर्ण मृत्यु भएको थियो । आफन्तजनले उनको शव स्थानीय गोदाबरी अस्पतालमा फेला पारेका थिए ।

बास्तोलासहितका ६ जनाले पुस ४ गते राति उर्लाबारी ४ को सौरबी होटलमा सँगै बसेर रक्सी खाएर सँगै सुतेका थिए । प्रवीणको राति नै मृत्यु भएको खुलेको छ । तर उनको मृत्युको जानकारी परिवारजनलाई भोलिपल्ट बिहान ११ बजेमात्रै गराइएको आफन्तले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -