Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०२:३८ बिहान
- ADVERTISEMENT -

संम्भव नेपालद्वारा गोरखाका करिब ११ हजार बिद्यार्थीहरुलाई सामाग्री वितरण

प्रकाशित मिति: २०७७ माघ ३०, शुक्रबार

489
Shares

गोरखा, शुक्रबार, ३० माघ २०७७ । संम्भव नेपालद्वारा गोरखाका करिब ११ हजार बिद्यार्थीहरुलाई सामाग्री वितरण गरेको छ । संम्भव नेपालका अनुसार होमवर्क डायरीले विद्यार्थी, शिक्षक, र अविभाबकलाई पनि उत्तरदायि बनाउने भएको हुँदा बालवालिकाको शिक्षामा सहयोग पुग्ने जनाएको छ । निजी विद्यालयमा भएको अभ्यास सरकारी विद्यालयकामा पनि सिकाइ हुने हो भने सरकारी स्कुलको गुणस्तरमा बृद्वि हुनुकासाथै अविभाबक र शिक्षकलाई थप जिम्मेवारी बनाउन यस्ता कार्यक्रमले मद्वत पुग्ने सम्भव नेपालले आशा राखेको छ ।

संम्भव नेपालका प्रेम खत्रीले गोरखा जिल्ला भित्र अध्ययनरत करिब ११ हजार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा ट्रयाक बितरण अभियानको थालनी गरेका हुन् ।

खत्रीले अभियान अन्तरर्गत चुमनुब्रीको सिर्दीबासमा रहेको बुद्व आवासिय माविबाट अभियानको शुरुवात गरेका हुन् । अभियानको शुरुवातमा उनले नेपाली काँग्रेसका बरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई ट्रयाक्सुट, टोपी, स्कलु ब्याग र होमवर्क डायरी बितरण गरेर सुरु गरेका हुन् ।

स्कुलको प्रांगणमा एक कार्यक्रम गरी उत्त सामाग्री वितरण गर्दै प्रमुख अतिथी सिंहले संम्भव नेपालले बिद्यार्थीहरुलाई उपब्ध गराएको सामाग्रीको प्रसंशा गर्दै यसले बिद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने बिश्वास ब्यत्त गरे । प्रमुख अतिथी सिंहले बिद्यालय तहमा राम्रो शिक्षा दिन सकिएको खण्डमा सबै बिद्यार्थीहरुको भविष्य उज्वल हुने समेत बताए ।

गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका गोरखाका सभापति हरिबहादुर घलेले शिक्षाको बिकास बिना उत्तरी गोरखाको बिकास सम्भव नभएको भन्दै शैक्षिक क्षेत्रमा गरिएको सहयोगले स्थानीयलाई फाईदा पुग्ने विश्वास ब्यत्त गरे ।

हिजो (बिहिबार) वुद्ध आवासिय माविका विद्यार्थीहरुलाई प्रमुख अतिथी सिंह र संम्भव नेपालका अध्यक्ष प्रेम खत्रीले संयुक्त रुपमा सामाग्रीहरु हस्तान्तरण गरे थिए । सोही गाउँपालिका अन्य वडामा रहेको विद्यालयको शैक्षिक सामग्री भने गाउँपालिका अध्यक्ष गुरुङलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख कुमारी गुरुङ, वुद्ध माविका प्रअ प्रकाश घिमिरे, स्थानिय, समाजसेवी, बुद्विजीवी तथा शिक्षक र बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यो अभियान अन्र्तगत चुमनुब्रीका २० वटा विद्यालयका १ हजार ४१२ जना, धार्चे गाउँपालिकाको २५ वटा विद्यालयका ४ हजार २० जना, भिमसेन थापा गाउँपालिकाको ४३ वटा विद्यालयका ५ हजार ३०० जना बिद्यार्थीहरु लाभान्वित हुने भएका छन् ।

कुल ८८ वटा विद्यालयका १० हजार ७३२ जना विद्यार्थीलाई संम्भव नेपालका खत्रीले उत्त सामाग्री उपलब्ध गराउने छन् । खत्री पर्यटन ब्यवशायी, समाजसेवी तथा नेपाली काँग्रेसमा समेत आबद्व छन् ।

संम्भव नेपालका खत्रीले यस अघि पनि चुमनुब्री, धार्चे, आरुघाट, भिमसेन थापा गाउँपालिकामा भित्र रहेको १९० वटा बिद्यालयहरुलाई १४० थान थर्मल गन, ५७ हजार थान कटन मास्क, २० हजार ५९२ थान हात धुने साबुन स्थानीय तह संगको सहकार्यमा बितरण गरी सकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -