काठमाडौँ, सोमबार, २६ माघ २०७७ । भागिरथी भट्टको न्यायको लागि चर्चित पत्रकार रवि लामिछाने घटना स्थल बैतडी गएका छन ।
उनले फेसबुक मार्फत आफू बैतडी गएको जानकारी गराएका हुन । भर्खरै टेलिभिजन कार्यक्रम छोडेका रविले भागिरथीको बिषयमा अबको अपडेट आफ्नो फेसबुकबाट दिने समेत जानकारी गराएका छ्न ।
उनी फेसबुक मा लेख्छन:- भागरथीको न्याय को निम्ति उठिरहेका आवाजहरुलाई थप बल मिल्छ कि भन्दै बैतडी तर्फ जादैछौ । अबका अपडेटहरु, केही समयकालागि फेसबुक बाटै..
अरू केहिपनि जान्दैनौं,न्याय नपाई मान्दै मान्दैनौं ।









































