गोरखा, बिहिबार, २२ माघ २०७७ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षधरले आयोजना गरेको आम हड्तालका कारण आज बिहानै देखि गोरखाको जनजीबन प्रभावित बनेको छ ।
गोरखाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने सवारी साधन छुट्ने काउन्टर पनि खुलेको छैन ।
बिहानी सत्रमा पढाई हुने विद्यालय र क्याम्पस पनि चलेका छैनन् । गोरखा सदरमुकामको पसल बन्द हुँदा बजार पनि सुनसान छ । मोटरसाईकल फाट्ट फुट्ट चलेपनि अन्य निजी सवारी साधन चलेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर संवैधानीक कु गरेको बिरोधमा नेकपाले आम हड्ताल गरेको जनाएको छ ।









































