Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:०७:५० बेलुका
- ADVERTISEMENT -

तीन पालिका जोड्दै साइकल लेन निर्माणको पहल

प्रकाशित मिति: २०७७ माघ १५, बिहीबार

601
Shares

तनहुँ, बिहिबार, १५ माघ २०७७ । स्थानीय तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालिएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले ब्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकासम्म साइकल लेन निर्माणका लागि पहल गरेको हो ।

ब्यासको छाब्दीदेखि बन्दीपुरको रामकोट हुँदै आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरीसम्म साइकल लेन निर्माणका लागि पहल थालिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “बन्दीपुर गाउँपालिकाले नौ किलोमिटर साइकल लेन निर्माण गरिसकेको छ,” उनले भने, “ब्यासदेखि साइकल लेन निर्माण शुरु गरेर जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीसम्म साइकल लेन विस्तार गर्ने सोच राखेका छौ ।”

साइकल लेनमार्फत् पर्यटन र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान चलाइएको अध्यक्ष थापाले बताए । “साइकल लेनले ब्यासको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही, बन्दीपुरको रामकोट सामुदायिक घरबास, कोरिखा सामुदायिक घरबासलगायत अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई जोड्छ,“ उनले भने, “यसले तीन पालिकाकै पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौ ।” बन्दीपुर गाउँपालिकाले रु ११ लाखमा नौ किलोमिटर साइकल लेन निर्माण सम्पन्न गरेको छ ।

बन्दीपुरदेखि बाहुनभञ्ज्याङसम्म रु तीन लाख र बन्दीपुरदेखि रामकोटसम्म रु आठ लाखमा साइकल लेन निर्माण गरिएको छ । साइकल लेन निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् विपन्न वर्गलाई रोजगारी दिइएको थियो । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले साइकल लेन निर्माणमा ४४ जनालाई रोजगारी दिइएको जानकारी दिए ।

साइकल लेन निर्माण भएपछि बन्दीपुर गाउँपालिकाले साइकल प्रतियोगिता गर्ने तयारी गरेको छ । यसअगाडि डुम्रे बन्दीपुर दौड प्रतियोगिता हुँदै आएकोमा अब साइकल प्रतियोगिताको तयारी गरिएको अध्यक्ष थापाले बताए । गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर नै अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको बीस वर्षे गुरुयोजना तयार गरिसकेको छ ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रकोबीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने उनको भनाइ छ ।

सोही बमोजिम गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ । उक्त पदमार्ग एक हजार एक सय मिटर सम्पन्न भइसकेको छ । गाउँपालिकाले टुँडीखेलमा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए । जमीनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

बन्दीपुर गाउँपालिकाले तीन तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालेकामा ब्यास नगरपालिकाले प्रतिबद्धता जनाएको छ । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ब्यास नगरपालिकाको क्षेत्रमा साइकल लेन निर्माणका लागि नगरपालिका सकारात्मक रहेको बताए । “यो अभियान पर्यटन प्रबद्र्धनका लागि कोसेढुङ्गा हुने विश्वास गरेका छौ,” उनले भने । साइकल धावक चन्द्रबहादुर आलेले बन्दीपुरमा निर्माण गरिएको साइकल धावकको राम्रो सम्भावना रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -