गोरखा, आइतबार, ११ माघ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिकामा हाटबजारको संरचना प्रयोग बिहिन बनेको छ ।
गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण भएको हाटबजारको संरचना प्रयोग बिहिन बनेको हो । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३० लाख लगानीमा भिमसेन थापा ५ को बगुवामा निर्माण भएको संकलन केन्द्र तथा हाट बजार प्रयोग विहिन बनेको हो ।
डेढ बर्षअघि बगुवा स्वास्थ्य चौकीसंगै, चौकीकै करिब ५ रोपनी जग्गामा निर्माण गरिएको हाट बजार सञ्चालनमा आउन नसक्दा संरचनाहरु समेत काम नलाग्ने गरी चर्किदै गएको छ । २०७६ को असार ५ गते निर्माण सम्पन्न भएको सो हाटबजार संचालन हुन नसक्दा सो क्षेत्र दिनप्रतिदिन जिर्ण बन्दै स्थानीय बासिन्दाको गुनासो रहेको छ ।
आर्थिक बर्ष २०७५/७६ मा प्रदेश सरकारले निर्माण गरेको ५ वटा ट्रस सहितको ब्यवस्थित संरचना सञ्चालनमा आउन नसक्दा जिर्ण बन्दै गएको छ । २ बर्ष हुन लाग्यो, हाट बजार चल्ने त परको कुरा उद्घाटन गर्न पनि कोहि आएका छैनन ।’
भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे भने हाटबजार निर्माण भएको बारे आफुलाई आधिकारिक जानकारी नभएको दावी गरेका छ्न । ‘मलाई हाटबजारको केहि जानकारी भएन, एक्कासी स्वास्थ्य चौकीको आँगनमा ट्रसहरु हाल्न थालेपछि म आफै गएर बुझे’ अध्यक्ष पाण्डेले भन्नुभयो ।
साथै, भिमसेन थापा गाउँपालिका ५ का वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठ समेत हाटबजार सञ्चालनमा ल्याउन नसकेको स्विकार गर्नु भएको छ । प्रदेश सरकारले क्रमागत योजना अनुसार बजेट बिनियोजन गर्ने भनेपनि दोस्रो बर्षबाट बजेट नछुट्याएकाले हाटबार संचालनमा आउन नसकेको उहाले बताउनु भयो ।









































