Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१०:५२ बिहान
- ADVERTISEMENT -

उच्चस्तरीय टोलीद्वारा विवादित मध्यमहाडी लोकमार्गको अनुगमन

प्रकाशित मिति: २०७७ माघ ८, बिहीबार

515
Shares

पोखरा, बिहिबार, ८ माघ २०७७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ गजेन्द्र थपलियालगायतको उच्चस्तरीय टोलीले विवादित मध्यमहाडी लोकमार्गको अनुगमन गरेका छन् ।

सो टोलीले आज यस खण्डको विवादित सुन्दरबजार नगरपालिका–७ पाउँदिदेखि वडा नं ५ थाक्रेबेँसीसम्मको ८ किलोमिटर सडक र मध्यनेपाल नगरपालिकामा पर्ने यस नगरको वडा नं ६ भोर्लेटार र रामबजार खण्डमा अनुगमन गरेको हो ।

अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले यस आर्थिक वर्षभित्रै सुन्दर बजार भित्रमा पर्ने विवादित ८ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार हुने बताए । उनले भने, “धेरै वर्षदेखिको विवादित यस सडक निर्माण हुन जरुरी छ, बाटो निर्माण गर्नुपर्छ तर जनतालाई मर्का नपर्ने गरी बाटो निर्माण हुनेछ ।” बाटो निर्माणमा सबैलाई सहयोग गर्नलाई मुख्यमन्त्री गुरुङले आग्रह गरे ।

उनले भने, “सुन्दर बजारका अधिकतम घर बचाउँदै मध्यपहाडी लोकमार्ग निर्माण हुने र स्थानीयलाई समस्यामा पर्न नदिने गरी सडक निर्माण गर्न प्रदेश सरकार प्रतिबद्धता छ ।” यद्यपी यहाँका घर रहेको स्थानमा सडक कति मिटरको हुने भन्नेबारे मापदण्ड भने सरकारले गर्ने र सोही अनुसारको सडक बन्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले यस लोकमार्गअन्तर्गत गोरखा, लमजुङ र कास्कीका केही भागमा विवादित रहेको र यसको समाधानको प्रयासमा रहेको बताए । यसमध्ये लमजुङमा पर्ने विवादित सडकखण्डमा लोकमार्गको मापदण्डअनुसार बनाउनलाई सम्भव नभएको र यहाँका स्थानीय जनताले थेग्न सक्ने गरी सडक निर्माण हुने आयोगका उपाध्यक्ष कँडेलको भनाइ छ । उनले भने, “निर्माण कार्यलाई अघि बढाउने हो, डिपिआर गर्ने र त्यसको आधारमा अघि बढ्ने छौँ ।”

प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ थपलियाले भने, “करिब सात वर्षदेखि विवादित यस खण्डको सुन्दर बजार क्षेत्रमा बुधबार वडाध्यक्ष, नगरप्रमुख, प्रजिअदेखि प्रदेश सांसद, आयोगका उपाध्यक्ष मुख्यमन्त्री सबै जना बैठक बसेर चार घण्टामै विवादित खण्डको डिपियार गर्ने सहमति भएको छ ।” यस लोकमार्ग १ हजार ८७९ किलोमिटरमध्ये बढी विवादित यस जिल्लाको सुन्दर बजार क्षेत्र नै थियो, अब डिपिआर तयार हुने उनको भनाइ छ ।

मुख्यमन्त्री गुरुङसहित प्रदेशसभा सदस्य मायानाथ अधिकारी, धनञ्जय दवाडी, पूर्वसंविधानसभा सदस्य जमिन्द्रमान घले, सुन्दर बजार नगरपालिका प्रमुख तथा वडाध्यक्षलगायत सहभागिता थियो । मध्यपहाडी लोकमार्गअन्तर्गत पहाडी जिल्ला लमजुङमा करिब साढे ४८ किलोमिटर भाग ओगटेको छ । यीमध्ये सुन्दर बजार क्षेत्रमा ८ किलोमिटर र मध्य नेपाल नगरपालिका क्षेत्रमा ३ किलोमिटर गरी ११ किलोमिटर सडक विवादित थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -