गोरखा, के पी भट्ट, शनिबार, २५ पौष २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका ३ टारिफॅाटका स्थानीय एंवम नबजियोति मा वि टारिफॅाटका शिक्षक तारानाथ भट्ट आफ्नो पिता बेनीमाधव भट्ट र स्वर्गिय माता देवि माया भट्ट बाट निर्मित चौतारा संरक्षणमा तथापुन निर्माणमा सक्रिय रुपमा लाग्नु भएको छ ।
चौतारो पाटी पौवाले हाम्रो सॅस्कृति रितिरिवाज परम्परालाई नेपाली पन लाई झल्को दिने र गाउँघरमा मेलापात घास दाउरा बजारबाट किनमेल लगायत काम गर्दा एउटा थकाई मेटाउने सारथी चौतारो भएकोले र आफ्नो सन्ततिलाई पनि हाम्रो परम्परा लाई संरक्षण गर्नु पर्छ भन्ने शिक्षा दिनको लागि पनि आफुले यो काम गरेको शिक्षक भट्टले जानकारी दिनुभयो ।
विशेषगरी यो चौतारो घावा, बोलाग लगायतका स्थानीय व्यापारिक केन्द्र आरुघाट आवजावत गर्ने स्थानमा भएकोले बाटो हिडने बटुवाको थकाई मेटाउनको लागि चौतारो संरक्षणसगै पानी पर्दा ओत लाग्नको लागि सानोपाटी पनि बनाउन लागेको जानकारी दिनु भयो ।









































