Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
३:३९:२४ दिउँसो
- ADVERTISEMENT -

पोखरा महानगरमा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य सुरु

प्रकाशित मिति: २०७७ पुस २३, बिहीबार

831
Shares

कास्की, बिहिबार, २३ पुस २०७७ । पोखरा महानगरपालिकामा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य सुरु भएको छ ।

बुधबार पोखरा महानगर नगरपालिका वडा नम्बर ४ का वडाध्यय शंकर प्रसाद बास्तोलाको तथ्यांक संकलन गरेर राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन कार्य शुभारम्भ भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखेर काम सुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचय पत्र रुजु अधिकारी विष्णु प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

वडाध्यक्ष वास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने जानकारी दिनुभयो । जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको बताउनु भयो ।

राष्ट्रिय परिचय पत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचय पत्रमा भएका विवरणहरु ’रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्याङ्क संकलन सुरु गरिएको राष्ट्रिय परिचय पत्र रुजु अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

पहिलो चरणमा ५ वटा वडाबाट सुरु गरिएको बताउदै आईतबारबाट वडा नम्बर ६ देखि दोश्रो चरण सुरु गरिने उहाले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -