Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:००:३६ बिहान
- ADVERTISEMENT -

जुम्लामा हिमपात

प्रकाशित मिति: २०७७ पुस २०, सोमबार

777
Shares

जुम्ला, पुस २० गते । जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् । 

हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परेसँगै हिँउ जमेको हो । यस वर्ष मंसिरमा समान्य हिउँ परे पनि खासै हिउँ परेको थिएन । मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्नसक्ने स्थानीय जनाउछन । हिमपातका कारण भने हवाई यातायात प्रभावित भएको छ ।जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।

यसैगरी एक हप्तादेखि नै जुम्लामा चिसो बढ्दै आएको छ । अहिले जुम्लाको तापक्रम माइनसबाट शून्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान कार्यालयले प्रमुख आशामपुरा कार्कीका अनुसार आइतवार न्यूनतम माइनस ३ दशमलप ८ डिग्री रहेको तापक्रम बादल र हावा कम भएपछि शून्य दशमलव ६ रहेको जानकारी दिनुभयो ।

सडक मानवलाई कठिन 

हिमपातसँगैको चिसोले जनजीवन प्रभावित भएको छ । विशेषगरी सडकमा रहेका नागरिकहरुका लागि चिसोले कठिन भएको छ । करिब एक वर्षदेखि चन्दननाथ नगरपालिका वडा नम्बर ३ नाओडारमा बस्दै आएकी मानसिक समस्या भएकी एक महिलालाई बस्न कठिन भएको छ । 

यद्यपि स्थानीय प्रशासनले उहाँको अवस्था अवलोकन गर्दै पुनःस्थापनाको तयारी गरेको छ । तर अत्याधिक चिसो र हिउँ परेका कारण दैलेख घर बताउने ती महिलालाई तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीय बताउँदै आएका छन् । 

यस्तै कालिकोट घर बताउने कमल नाम बताउने एक व्यक्ति लामो समयदेखि जुँगाड खोलाको तरकारी मण्डीमा बस्दै आएका छन् । उनको समेत मानसिक अवस्था बिग्रेकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -