कर्णाली, आइतबार, १९ पौष २०७७ । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएको गाडीमा आगजनी भएको छ ।
प्रदेश सभा सांसद सिंह जाजरकोटबाट निर्वाचित हुन् । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीमा भेरी नगरपालिका ७ पुनमा गएराति अन्दाजी १० बजे अज्ञात समुहले आगजनी गरेको पाईएको हो ।
गाडी आजगनीबाट पूर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
गाडी किन जाजरकोटमा गएको थियो भन्ने भने खुलेको छैन । उक्त नम्बरको गाडी केहि महिना अगाडीमात्र घाँस बोक्नमा प्रयोग भएको थियो ।
साथौ, सो गाडी कहिले होटेलमा तरुनी बोक्ने कार्यमा समेत प्रयोग भएको पाईएपछि विवादमा तानीएको थियो ।









































