Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३८:४४ बिहान
- ADVERTISEMENT -

नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह

प्रकाशित मिति: २०७७ पुस १५, बुधबार

663
Shares

काठमाडौं, बुधबार, १५ पौष २०७७ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ । सडक महोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान गरेको हो ।

रेबानका अध्यक्ष लक्ष्मण बरालले २१ वर्षअघिदेखि मनाइँदै आएको महोत्सवलाई निरन्तरता दिँदै आन्तरिक पर्यटकलाई लक्ष्य गरेर महोत्सव आयोजना गरिएको बताए । बरालका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा एक मञ्चमा गन्धर्व संस्कृति र तीन मञ्चमा गण्डकी प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका वेशभूषासहितको सांस्कृतिक कार्यक्रम गरिनेछ ।

यस पटक महोत्सवमा २० मात्र कक्ष रहनेछन् जसमा ६ वटा स्वास्थ्यसम्बन्धी हुनेछन् । केही कक्षमा स्याङ्जा र आसपासका सुन्तला र प्राङ्गारिक उत्पादन र हस्तकला सामग्री रहनेछन् । त्यसैगरी बीच भलिबल, डुङ्गा दौड प्रतियोगिता र टेनिस प्रतियोगिता गरिनेछ । पोखराका विभिन्न पर्यटकीय गतिविधिको फोटो भिडियो पनि प्रदर्शन गरिनेछ ।

रेबानका सल्लाहकार गणेश भट्टराईले पोखराको ब्राण्ड सडक महोत्सवलाई कोरोना महामारीबीच पनि निरन्तरता दिँदै पोखरा खुला र सुरक्षित भन्ने सन्देश दिनु सकारात्मक भएको बताए ।

संस्थाका महासचिव वसन्त भट्टराईले प्रवेशद्वारबाट स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइनाका साथै स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिलाई विशेष जोड दिइने बताए । महोत्सवबारे काठमाडौँमा समेत पत्रकार सम्मेलन गरेर पोखरा आउन निम्तो दिइएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -