गोरखा, बिहिबार, १८ मङ्सिर २०७७ । वडा अध्यक्ष शरण श्रेष्ठको बिशेष पहल र समन्नयमा शहिद लखन गाउँपालिका वडा-७ बुङकोट स्वाथ्य चौकी लाई स्वाथ्य सामाग्रीहरु सहयोग प्रदान भएको छ ।

स्वाथ्य सामाग्री हस्तान्तरण कार्यक्रम वडा अध्यक्ष एवम बुङकोट स्वाथ्य चौकी ब्यबस्थापन समितीको अध्क्षय शरण श्रेष्ठ अध्यक्षता , गाउँपालिका अध्यक्ष रमेश बाबु थापाको प्रमुख आतिथ्यतामा, उपाध्क्षय इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आले, वडा अध्क्षय काशिनाथ अंगाई, सहयोगीदाता सम्भव नेपालका संस्थापक अध्यक्ष , पर्यटन ब्यबसायी एवम नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि प्रेम खत्री, स्थानीय सहयोगीदाता एवम उहाँहरुको अविभावकहरु, वडा सदस्यहरु, स्वाथ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ, बुङकोट स्वाथ्य चौकी प्रमुख बिमला पुलामी, कर्मचारीहरु, राजनितीक दल, बुद्धिजीबी, समाजसेबी, महिला स्वयमसेवीकाहरुको उपस्थिती रहेको थियो ।
आरुघाट गाउँपालिका वडा-८ निवासी हाल काठमाडौ बसोबास गर्दै आउनु भएको सम्भव नेपालका संस्थापक अध्यक्ष , पर्यटन ब्यवसायी एवम नेपाली काँग्रेस महाधिबेश प्रतिनिधी प्रेम खत्रीले स्वाथ्य सामाग्री खरीद गर्नेको लागी रु ४,८५,६६५/ सहयोग गर्नु भएको थियो ।

साथै, वडा अध्क्षय शरण श्रेष्ठ र वडा- ७ खाब्दि भन्ज्याङ निबासी किरण बाबु श्रेष्ठको बिशेष पहल र समन्नयमा शहिद लखन गापा वडा-६ घैरुङ (हाल पोखरा) किरण श्रेष्ठ रु १०,०००/, शहिद लखन गापा-६ घैरुङ (हाल काठमाडौ) गोपाल बाबु श्रेष्ठ रु ११,०००/ , शहिद लखन गापा-७ बुङकोट निबासी (हाल जापान) निरोज थापा रु ६०,०००/, शहिद लखन गापा-७ बुङकोट (हाल नर्बे) रु १०,०००/, शहिद लखन गापा वडा-७ बुङकोट पुर्ण श्रेष्ठ (हाल अमेरीका) रु ११,०००/, शहिद लखन गापा वडा-७ बुङकोट (हाल दक्षिण कोरीया) बिष्णु थापा रु १०,०००/ , शहिद लखन गापा-८ बुङकोट (हाल अमेरीका अर्जुन भण्डारी रु ११,०००/, शहिद लखन गापा-८ बुङकोट (हाल अमेरीका),राजन बाबु श्रेष्ठ रु१०,०००/, शहिद लखन गापा-८ बुङकोट (हाल काठमाडौ), उत्तर कुमार श्रेष्ठ रु ५०००/, सबै बाट गरी रु ६,२३,६६५/ सहयोग बाट स्वाथ्य चौकी लागी आबश्यक स्वाथ्य सामाग्री र ल्याबको लागी आबश्यक सामाग्रीहरु खरीद गरिएको वडा अध्क्षय शरण श्रेष्ठले जानकारी दिनुभयो ।









































