Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:१५ बिहान
- ADVERTISEMENT -

कपिलवस्तुका कैदिबन्दीहरुलाई पुस्तकालय स्थापना, चियागफको योजनाले लियो मुर्त रुप

प्रकाशित मिति: २०७७ कात्तिक ३०, आइतबार

636
Shares

कपिलवस्तु, आइतबार, ३० कात्तिक २०७७ / कपिलवस्तु जिल्लाका केही सामाजिक क्षेत्रमा समेत क्रियाशिल युवाहरुको चियागफबाट बनेको योजनाले मुर्त रुप लिएको छ ।

जिल्लाका केही युवाहरुको योजना अनुसार देशभरका जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई कारागारमै सकारात्मक सोचको विकास गराउने उद्धेश्यले उनीहरुलाई पुस्तकालय स्थापना गर्ने सोच युवा अभियान्ताहरुको थियो । 

सोही अनुसार आज कपिलवस्तुको जिल्ला कारागारमा १५० बढी पठनयोग्य पुस्तकहरु सहित कारागार पुस्तकालय स्थापना गरिएको अभियान्ता दिवशराज पौडेलले जानकारी दिनुभएको छ ।

कारागारमै पुस्तकालय भन्ने अभियानका साथ पुस्तक संकलनमा लागेका युवा अभियान्ताहरुले कपिलवस्तु मात्रै नभई देशभरका ७७ वटै जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाइै कारागारमै पुस्तकालय निर्माण गरिदिने योजनामा रहेको बताएका छन् । 

जिल्ला कारागार कपिलवस्तुमा पुस्तकालय स्थापना गर्दै प्रमूख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले  कपिलवस्तुका युवाहरुको सोचलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासनबाट यी र यस्ता याजनाहरुमा सधै युवाहरुलाई सहयोगी भुमिका रहने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेपाली सेनाका मेजर ईश्वरी पाण्डे, जेलर राकेश पाण्डे, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक हरि खनालको अध्यक्षता सँगै अभियान्ता दिवशराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । 

जिल्ला कारागार कपिलवस्तुको सहयोगमा स्थापना गरिको पुस्तकालयमा अब कैदीबन्दीहरुले आफ्नो सकारात्मक सोचको विकास र असल जीवनयापनका लागि राखिएका पुस्तकहरुबाट ज्ञान हासिल गर्नेछन् । 

विभिन्न जिल्लाका दशवटा सामाजिक संस्थाहरुको समन्वय र सहयोग सहित सुरु गरिएको यो अभियानमा अभियान्ताहरु गौरव पौडेल, आरती अर्याल, सुनिता वेल्वासे र असिम भट्टराईले केही महिना अघि चिया गफमा यो याजना बनाएको बताएका छन् । 

अभियानको दोस्रो पुस्तकालय स्थापना अब अर्घाखाँची जिल्लाको कारागारमा गर्ने योजना बनेको पनि अभिन्ता दिवस पौडेलले जानकारी दिनुभएको छ । यो अभियानलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्ने पनि उनीहरुको योजना रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -