काठमाडौँ, बुधबार, २६ कात्तिक २०७७ । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले अमादब्लम हिमाल आरोहण गरेका छन् ।
६ जना नेपाली र ६ विदेशीसहित १२ जनाले आमादब्लमको २६ कात्तिक बिहान ११ बजेर २० मिनटेमा आरोण गरेको राजकुमारको आरोहण दलको संयोजन कम्पनी हिमालयन गाइड नेपाल ट्रेक्स एण्ड एक्सपीडिसनका प्रवन्ध निर्देशक इश्वरी पौडेलले बताए ।
पौडेका अनुसार राजकुमारको टोली आरोहण सकेर बेसक्याम्पतर्फ झरिसकेको छ। उक्त टोली आजै आधारशिविरतर्फ झर्दैछ । शुक्रबार मात्रै आधारशिविर आइपुग्ने र त्यहाँबाट हेलिकप्टरमार्फत् काठमाडौं आउने पौडेलले जानकरी दिए ।
बुधबार राजकुमार अब्दुल्लाहले ६ हजार ८१२ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका हुन् । राजकुमार अब्दुल्लाहको टोलीमा अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।
कात्तिक ४ गते नेपाल आएका राजकुमारको टोली एक साता काठमाडौंको होटल क्वारेन्टाइनमा बसेपछि कात्तिक १० गते कैलाश एयरको हेलिकप्टरमार्फत् लुक्ला गएको थियो ।









































