गोरखा, आइतबार, २३ कात्तिक २०७७ । गण्डकी प्रदेशमा आजदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरिएको छ । सोही अनुरुप गोरखामा ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरिएको छ । दुर्घटना न्यूनीकरणका लागि भन्दै गोरखामा ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरिएको हो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम सुरु गरिएको र पहिलो चरणमा एक महिना सम्म कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालय प्रमुख ढकालले बताउनुभयो ।









































