गण्डकी, आइतबार, २३ कात्तिक २०७७ । नमस्कार गर्दै ‘चालकसँग १ मिनेट’ कार्यक्रम सुरु गरिएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले राजमार्ग तथा शहरी क्षेत्रमा सञ्चालन हुने गरी ‘चालकसँग १ मिनेट कार्यक्रम’ शुरु गरिएको हो ।
एसपी ढकालका अनुसार कोरोना महामारीको कुरालाई समेत मध्यनगर गर्दै कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले गण्डकी प्रदेशको ११ वटै जिल्लामा रहेको ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टले ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो ।
सवारी दुर्घटनाको जोखिम न्यूनिकरणका लागि यस प्रकारको कार्यक्रम सुरु गरिएको गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु ढकालले बताउनुभयो ।









































