Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:०३ बिहान
- ADVERTISEMENT -

कलाकारले कुँदेका मूर्तिकलाका अमूल्य कृतिलाई सङ्ग्रहालयमा प्रतिस्थापन

प्रकाशित मिति: २०७७ कात्तिक २१, शुक्रबार

785
Shares

गलकोट, शुक्रबार, २१ कात्तिक २०७७ । देशविदेशका प्रसिद्ध कलाकारले कुँदेका मूर्तिकलाका अमूल्य कृतिलाई दशैँको सम्मुख पारेर सङ्ग्रहालयमा प्रतिस्थापन गरिएको थियो । निर्माणाधीन सङ्ग्रहालयमा १० देशका १५ मूर्तिकारले कुँदेका ढुङ्गाका मूर्ति छन् । पर्वको याम शुरु भएसँगै मूर्तिकला अवलोकनमा आउनेको सङ्ख्या बढेको गलकोट कला प्रतिष्ठानले जनाएको छ ।

गलकोट नगरपालिका–५ मा अवस्थित टेउवा केही वर्ष अघिसम्म गुमनाम प्रायः थियो । फाटफुट्ट घुम्न र वनभोजस्थलका रुपमा मात्र त्यो ठाउँको नाम आउँथ्यो । तर, गत फागुनयता भने टेउवा एकाएक चर्चामा आयो । एकहजार ९८० मिटरको उचाइमा रहेको टेउवाको परिचय नै फेरियो ।

टेउवामा खुला मूर्तिकला सङ्ग्रहालयसहित ललितकलाको अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखेर फागुन ५ देखि २१ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो । उक्त कार्यशालापछि टेउवाले प्रकृति र कलाप्रेमी आगन्तुकलाई लोभ्याउन थालेको छ ।

“दैनिक सयौँको सङ्ख्यामा आइरहेका छन्, कोही त गाडी नै रिर्जभ गरेर आउँछन्”, प्रतिष्ठानका सदस्य एवं स्थानीयवासी झङ्कबहादुर बस्नेतले भने । सङ्ग्रहालय घुम्नका लागि अधिकांश सार्वजनिक बिदाको दिन पारेर आउँछन् । गलकोटबाहेक बाहिरका ठाउँबाटसमेत आगन्तुक आउन शुरु गरेका छन् ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्षसमेत रहेका बस्नेतले मूर्तिकला सङ्ग्रहालयले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गरे। “सङ्ग्रहालयले पूर्णता पाउँदासम्म यो एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुन्छ”, उनले भने ।

आगन्तुकको आउजाउ बढ्न थालेपछि बस्नेतले पसल र खाजाघर खोल्ने तयारीमा छन् । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले अवलोकनकर्ताको प्रवेशलाई व्यवस्थित बनाउन छिट्टै टिकट प्रणाली शुरु गर्ने तयारी भइरहेको बताए ।“मूर्तिकला अवलोकनका लागि मानिसहरु आइरहेका छन्, तत्काल प्रवेशद्वार र टिकटकक्ष बनाएर व्यवस्थित गर्नुपर्ने भएको छ”, उनले भने । सङ्ग्रहालयमा मूर्ति मात्र प्रतिस्थापन गरिएको र अन्य पूर्वाधार तयारीका काम गर्न बाँकी नै रहेको अध्यक्ष रानाले बताए ।

कोभिड–१९ का कारण कार्यशाला सकिएको महिनौँ बित्दासमेत मूर्तिको प्रतिस्थापन हुन सकेको थिएन । संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो । अबभने १५ वटै मूर्तिलाई अलग–अलग ठाउँमा बनेका स्थायी संरचनामा प्रतिस्थापन गरिएको छ । मूर्तिको शीर्षक दिने, विवरण राख्ने, बगैँचा, फुटपाथ निर्माणलगायत साजसज्जाको काम यथाशक्य चाँडो सम्पन्न गरिने प्रतिष्ठानले जनाएको छ । बहुवर्षीय योजना भएकाले ‘डिपीआर’ अनुसार क्रमिक रुपमा काम अघि बढ्ने छ । कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटिएको पुस्तिका पनि प्रकाशन हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -