गोरखा, मंगलबार, १८ कात्तिक २०७७ । मालपोत कर्मचारी सहित गोरखामा १० जनामा कोरो’ना संक्रम’ण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार मालपोत कार्यालयकी एक महिला कर्मचारीमा कोरोना संक्रम’णको पुष्टी भएको हो ।
जिल्लाको सहिद लखन गाउँपालिका घर भएकी उहाँसंगै पालुङटार नगरपालिकामा २ पुरुष र १ महिला सहित ३ जना, भीमसेन थापा गाउँपालिकामा १ पुरुष र १ महिला गरी २ पनि कोरो’ना संक्रम’णको पुष्टी भएको हो ।
साथै, गोरखा नगरपालिकाको २ वटा वडामा थप ४ जनामा संक्र’मण देखिएको सूचना अधिकारी न्यौपानले जानकारी दिनुभयो । गोरखा नगरपालिका वडा नम्बर १२ मा २ महिला र १ पुरुष तथा वडा नम्बर ११ मा १ जना पुरुषमा संक्रम’ण उहाँले बताउनुभयो ।









































