Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:५४ बिहान
- ADVERTISEMENT -

खरको छानो विस्थापन हुँदै

प्रकाशित मिति: २०७७ कात्तिक १४, शुक्रबार

2348
Shares

दमौली, शुक्रबार, १४ कात्तिक २०७७ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तनहुँमा खरको छानो विस्थापन गर्दै जस्तापाताको छानो छाइने भएको छ । चालु आर्थिक वर्षमा जिल्लामा एक हजार नौ सय १४ घरधुरीमा खरको छानो विस्थापन गर्न लागिएको हो । कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका सांसदको अध्यक्षतामा जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरु रहेको जिल्लास्तरीय कार्यान्वयन समिति गठन गरिएको छ ।

कार्यक्रमअन्तर्गत क्षेत्र नं १ मा एक हजार ५० र क्षेत्र नं २ मा आठ सय ६४ घरमा खरको छाना हटाइन लागिएको छ । खरको छाना भएका घर असुरक्षित हुने भएकाले सरकारले सबै जिल्लाका खर÷फुसको छानो हटाउन सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको छ । घरलाई जस्तापाताले छाउन स्थानीय तहमार्फत् प्रतिघरधुरी रु ५० हजार उपलब्ध गराइनेछ ।

कार्यक्रमको जिल्ला समन्वय समितिका संयोजक एवं सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठका अनुसार क्षेत्र नं १ अन्तर्गत देवघाट गाउँपालिकामा दुई सय १२, आँबुखैरेनी गाउँपालिकामा एक सय ९२, बन्दीपुर गाउँपालिकामा एक सय ९१, भानु नगरपालिकामा दुई सय ३६ र व्यास नगरपालिकामा दुई १९ घरको खरको छाना विस्थापित हुनेछन् ।

त्यस्तै क्षेत्र नं २ अन्तर्गत भीमाद नगरपालिकामा एक सय ७१, शुक्लागण्डकी नगरपालिकामा एक सय ५१, ऋषिङ गाउपालिकामा एक सय ५४, घिरिङ गाउँपालिकामा एक सय ६१, म्याग्दे गाउँपालिकामा एक सय ३२ तथा व्यास नगरपालिका–५ र ६ मा ९५ घरधुरीका खरको छाना विस्थापित गरिनेछ ।

खरको छानो विस्थापन गर्न स्थानीय तहहरुले लाभग्राही छनोटको तयारी थालेका छन् । घिरिङ गाउँपालिकाले कार्यान्वयन कार्यविधि २०७५ को दफा १० (ख) अनुसार सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचना जारी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रवराज लामिछानेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -