जाजरकोट, शनिबार, ८ कात्तिक २०७७ । घर लिप्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा दुई महिलाको मृ’त्यु भएको छ भने दुईजना घा’ईते भएका छन् ।
मृ’त्यु हुनेमा छेडागाड नगरपालिकाको वडा न ३ चुवाकी ३० वर्षीया सितला जैसी र सोही गाउँकी १६ वर्षिया आरती दाहाल रहेकी छन ।
त्यस्तै घटनामा परी सोही गाउँकि २४ वर्षीया सरिता जैसी र छेडागाड ४ की ५१ वर्षीया धनसरा चदारा घा’ईते हुनुभएको छ ।
दशैको लागि घर लिप्ने माटो लिन स्थानीय महिलाहरु.. आफ्नो टोलभन्दा झन्डै ४ किलोमीटरको दूरी टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने ठाउँमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन ।
जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठ ले घा’ईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा म’त्यु भएको बताउनुभयो । हाल दुई जना घाइते महिलालाई जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं वन तथा वातावरण मन्त्रि शक्तिबहादुर बस्नेतको पहलमा नेपाली से’नाकोे हे’ल्किकोप्टर मार्फत सु’र्खेत पठाईएको छ ।
घा’ईतेमध्ये एकजनाको अवस्था ग’म्भीर रहेको ईलाका प्रहरी कार्यालय दशेराका असई कमानसिह रामजालीले बताउनुभयो । गोरखापत्र









































