Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:३७ बिहान
- ADVERTISEMENT -

सिंँगारियो मदन भण्डारीको जन्मघर

प्रकाशित मिति: २०७७ कात्तिक ८, शनिबार

610
Shares

ताप्लेजुङ, शनिबार, ८ कात्तिक २०७७ । बडादशैं २०७७ का संँघारमा जननेता मदन भण्डारी जन्मिएका ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गरेका छन् ।

अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका सदस्य हेमराज निरौलाका अनुसार खरले छाएको सो दुईतले घरभित्र अहिले अलैँची थुपारिएको छ, चाँडै मर्मतसम्भार नगरे छाना मक्किएर झर्ने खतरा छ ।
निरौला कुनै बेला पार्टीका सभा, गोष्ठी हुँदा सो घर नेताकार्यकर्ता भरिएर खचाखच हुने गरेको स्मरण गराउँछन् । अहिले त्यस घरलाई नियमित रूपले हेरचाह गर्ने कोही नदेखिए पनि नेकपा निकटका विद्यार्थी तथा युवा पुगेर यसरी नै मर्मतसम्भार गर्ने गर्छन् ।

बडादशैँ नजिकिएसँगै गाउँका घर चिटिक्क सिँगारिदा आइतबार भण्डारीका घरमा समेत लिपपोत भएको छ । अनेरास्ववियुका केही युवाले आइतबार कमेरो माटाले लिपपोत र सरसफाइ गरेका हुन् । निरौलाले बेलायतमा रहेका अर्जुन खिम्दिङको आर्थिक सहयोगमा लिपपोत गरिएकोे जानकारी दिए । लिपपोत र सरसफाइका लागि अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष रुपेन्द्र वनेमसहित आठ विद्यार्थी नेता कार्यकर्ता ढुङ्गेसांँघु पुगेका थिए ।

अनेरास्ववियु सम्बद्ध नेताहरूले नेपालको परिवर्तनकारी आन्दोलन र जननेता भण्डारीको जन्म र बाल्यकालसंँग जोडिएको ऐतिहासिक महत्वको सो घरलाई विशेष रुपले संरक्षण गर्नुपर्ने आवश्यक रहेकोे बताए।

घरकै अगाडि ढिकी रहेका ठाउँमा भण्डारीको जन्म भएको बताइन्छ । उक्त ढिकी अझै पनि देख्न पाइन्छ । भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशालाबाट नै भण्डारी औपचारिक शिक्षातर्फ प्रवेश गरेका थिए। पन्ध्र वर्षका उमेरसम्म गाउँघरमा नै भण्डारीको जीवन बितेको थियो ।

विसं २०२४ मा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइँ सरेपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समय घरसहित सम्पूर्ण जग्गाको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानका नाममा छ ।

सो क्षेत्रलाई नमूना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी प्रतिष्ठानले घरजग्गा लिएको थियो । पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा भण्डारी जन्मघर संरक्षण तथा स्मृति उद्यान निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चालु आर्थिक वर्षमा रु ३० लाख विनियोजन भएको छ ।

विनियोजित सो बजेटबाट घरको वरिपरि पर्खालसहितको घेराबार गर्ने र नजीकैको ढुङ्गेधारालाई संरक्षण गर्ने तयारी भएको वडाध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिए। उनका अनुसार यसका लागि उपभोक्ता समितिसमेत बनिसकेको छ र दशैँलगत्तै काम शुरु हुने छ । पालिकाको सहयोगमा गत वर्ष नै स्मृति उद्यानसहितका संरचना बनाउन विस्तृत परियोजना प्रतिवेदन भने तयार भइसकेको छ ।

प्रदेश सरकारबाट प्राविधिक शिक्षालयका लागि संरचना तयार गर्न चालु आर्थिक वर्षमा रु एक करोड विनियोजन भएको अध्यक्ष लिम्बूले जानकारी दिए । त्यसका लागि आवश्यक पर्ने जग्गा खोजी भइरहेको र अरु थप तयारी समेत भइरहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -