Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१२:३७ बिहान
- ADVERTISEMENT -

द’शैँले नछोएको लमजुङ्गको बोटे बस्ती

प्रकाशित मिति: २०७७ कात्तिक ६, बिहीबार

641
Shares

लमजुङ, बिहिबार, ६ कात्तिक २०७७ । दशैँ भित्रिएको छैटौँ दिन हुँदा समेत माहिन्द्रीगङ्गा (मादीनदी) को किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले बजार नजिकैको बोटेगाउँका बोटेहरुलाई भने दशैँले छुन सकेको छैन ।

विगतमा मजदूरी गरेर जसोतसो वर्षेनी रमाइलो र खुसी साथ दशैँ मनाउँथे उनीहरु । यस वर्ष लकडाउनले काम नपाएपछि आम्दानी छैन । खर्च जुटाउन नसक्दा दशैँका बेला समेत यस बस्तीमा चाडपर्वको रौनक देखिएको छैन ।

घरमा सात जना रहेको बताउने ५२ वर्षीया सीताकुमारी बोटेले वर्षेनी ज्यालामजदूरी गरेर दशैँ मनाउँदै आएपनि यस वर्ष लक’डाउनले काम नपाएको दुखेसो गरिन् ।

“अरु आम्दानी पनि भएकोले दशैँ कसरी मनाउने भन्ने चिन्ता छ, त्यहीमाथि सासुआमा बिरामी हुनुहन्छ”, उनले भनिन् । त्यस्तै आरती माझीले पनि महामारीका कारण काम नपाउँदा चाडपर्व खल्लो भएको बताइन्।

“दशैँ मनाउने भनेर जमरा त राखेको छु, तर पैसा नहुँदा कसरी मनाउने अन्योलमा छु”, उनले भनिन्। लामो समयदेखि काम गर्न नपाउँदा ऋण गरेर खादै गरेपनि अहिले त्यही ऋण पनि तीर्न नसक्दा खानाका लागि नुन, तेल, चामल समेत सकिन लागेको उनको भनाइ थियो ।

सीतामाया र आरती जस्तै यहाँका खड्का बहादुर, मिलनबहादुर, बिजुला लगायतका बोटेहरुको समस्या उस्तै छ । बोटे समुदायका अध्यक्ष झङ्कबहादुर बोटेले सो क्षेत्रमा ३० घरपरिवार रहेकोमा १५ घरलाई दशै मनाउनका निकै समस्या भएको छ । मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा हो । लमजुङ, तनहुँ र कास्कीको त्रिवेणीजस्तो छ उक्त ठाउ ।

विगतमा मादीमा पुल नहुँदा त्यसक्षेत्रका वासिन्दालाई डुङ्गाबाट वारपार गराउने, मादी र रिस्ती खोलामा माछा मारेर दुईपिप्ले, दोभान, चर्दीपसल, सोतीपसल, तनहुँका दुलहीपानी, सत्रसय र सिसाघाट लगायतका स्थानीय बजारहरुमा बिक्री गर्दै जीवन निर्वाह गर्दै आएपनि पछिल्लो समयमा माछा मार्ने पेशा समेत धरापमा पर्दे गएपछि ज्यालामजदूरी गर्दै आएको बोटे समुदायको भनाइ छ ।

गरिबीकै कारणले दुईपिप्ले बजार क्षेत्रका ‘भूमिपति’ भनिएका बोटे समुदायका अधिकांशले जमिन समेत बिक्री गरिसकेको इन्द्रमायाले बताइन् । न काम न दाम हुँदा दशैँ पनि नभएको जस्तो हुन थालेको उनीहरुको भनाइ छ ।

अ’शिक्षा र गरि’बीकै कारणले यो समुदाय पछिल्लो समयमा विपन्न बन्दै गएकाले दशैँ मनाउनलाई समस्या हुन थालेको मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठले बताए। उनले भने, “दशै मनाउन बोटे समुदायलाई राहतको आवश्यकता छ, उनीहरुको समस्याको बारेमा नगरपालिकामा कुरा राखेको छु ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -