काठमाडौँ, आइतबार, २ कात्तिक २०७७ । उदयपुरमा स्कारपियो दुर्घट’ना हुँदा पाँच जनाको मृ’त्यु भएको छ ।
गए राति सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-१४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घट’नामा परेको हो । स्कारपियो सडकबाट करिब ९०० मिटर तल खसेको छ ।
दुर्घट’नामा मृत्यु भएकामध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको मात्र पहिचान खुलेको छ । मृ’तक अन्य तीन जनाको पहि’चान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
यस्तै, दुर्घट’नामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कारपियो चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घा’इते भएका छन् ।
घाइ’तेको कटारी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।









































