काठमाडौं, बिहिबार, २९ असोज २०७७ । बहराइनका राजकुमारसहितको टोलीले गोरखाको मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।
सम्मिट ट्रेक्स प्रा लि का अनुसार बिहीबार बिहान ६ बजे राजकुमारसेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले मनास्लुको सफल आरोहण गरेको हो ।
मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १५६ मिटर छ ।
राजकुमारसहित उक्त आरोहण टोलीमा ५० जना थिए। गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए।
यसअघि राजकुमारको टोलीले लोबुचे हिमालको आरोहण गरिसकेको छ । बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न भदाै ३१ गते नेपाल आएका थिए।
उनीहरुले सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गर्नेछन् ।









































