बुटवल, दिवश पौडेल, मंगलबार, २० असोज २०७७ । एकतर्फी रूपमा प्रदेश ५ को राजधानी भालुवाङ तोक्ने प्रक्रिया अघि बढेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरूले नाराबाजी गर्दै प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले कुर्सी तोडफोड गरे ।
यो अनैतिक क्रयकलापले कांग्रेसको केन्द्रिय नेतृत्व पनि रुष्ट बनेको देखिन्छ । जस्को उदाहरणको लागि प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेशसभामा भएको कुर्सी तोडफोड कांग्रेसको नीति विपरित भएको भन्ने लेखीएको टुइटलाइ लिन सकिन्छ ।
उनले कुनै पनि सांसदहरूलाई पार्टीको संस्कृति उल्लंघन गर्ने स्वायत्तता नदिइएको समेत उल्लेख गरेका छन् । ‘रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ ट्विटमा लेखिएको छ ।
उनीहरुले सोमबार बसेको संसद बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राजधानीको नाम र स्थानको विषयमा छलफल गर्न प्रस्ताव पेस गरेलगत्तै कुर्सी र टेबल तोडफोड गरेका थिए जुन काम कांग्रेसको मर्यादा विपरीत रहे प्रदेशसभा बैठकमा कुर्सी र टेबल तोडफोडमा उत्रिएका प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकमाथि कारबाही गरिने केन्द्रीय अनुशासन समिति स्रोतले जनाएको छ ।









































