Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५०:४१ बिहान
- ADVERTISEMENT -

नेपाल प्रेस युनियन कास्कीद्वारा तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन

प्रकाशित मिति: २०७७ असोज १७, शनिबार

680
Shares

पोखरा, शनिबार, १७ असोज २०७७ । नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना महामारीबीच पनि युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ , ‘नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि समिति गठन गरेको हो ।

‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ को लागि युनियन सल्लाहकार एवं पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । समिति सदस्यमा वीरेन्द्र के सी, किरण के सी, पदेन सदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल रहेका छन् ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय सांसद सूर्यबहादुर के सीले आफ्नी बहिनी शारदा के सी को स्मृतिमा के सी परिवारले उक्त पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार राशि ५१ हजार रहेको छ । के सीले पुरस्कारको लागि अक्षयकोष स्थापनामा यसअघि ६ लाख रुपैयाँ युनियनलाई प्रदान गरेका थिए । सो पुरस्कार पहिलो पटक प्रदान गरिन लागिएको हो ।

साथै, ‘नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ को लागि नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार गंगाधर पराजुलीको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यमा बोधराज कार्की, सरिता तिमिल्सिना पगेनी, विजय भण्डारी, प्रकाशचन्द्र सापकोटा, पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् । पुरस्कार राशि ३३ हजार रुपैयाँ छ ।

त्यसैगरी, समाजसेवी भोला बरालद्वारा स्थापित ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यमा भोला बराल, कुशल बराल, बिमला भण्डारी तथा पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् ।

भोला बरालले बाबु पूर्णप्रसाद र मायादेवी बरालको नाममा युनियनले संचालन गर्ने गरी २५ हजार राशिको सो पुरस्कार स्थापना गरेका हुन् । जसको अक्षयकोष ३ लाख ३३ हजार रहेको छ ।

युनियनको बैठकले आफ्ना सदस्यलाई क्षमता अभिवृद्धिका लागि तालिम संचालन गर्ने निर्णय गरेको जिल्ला सचिव प्रदीप पौडेलले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -