Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:५० बिहान
- ADVERTISEMENT -

कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको भवन शिलान्यास

प्रकाशित मिति: २०७७ असोज ११, आइतबार

884
Shares

काठमाडाैँ, आइतबार, ११ असोज २०७७ । सशस्त्र प्रहरी बल नेपालको दार्चुलास्थित व्यास गाउँपालिका कालापनी क्षेत्रको छाङ्गरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मको एक समारोहका बीच शुक्रबार शिलान्यास भएको छ । गृहमन्त्री राम बहादुर थापा बादलले सशस्त्र प्रहरी बल नेपालको दार्चुलास्थित व्यास गाउँपालिका छाङ्गरुमा स्थापना भएको गुल्मको भवन शिलान्यास गरेका हुन ।

सोही अवसरमा गृहमन्त्री थापाले त्यस ठाउँमा स्वास्थ्य तथा अन्य प्रशासनिक कार्यालयहरुको स्थापना गर्ने कुरामा सरकारको दृष्टी पुगेको बताए । सरकारी निकायबाट प्रदान गरिने सेवा सुविधामा कुनै कमी हुन नदिने बताउँदै गृहमन्त्री थापाले अब त्यसका लागि व्यासका बासिन्दा अन्यत्र कहीँ जान नपर्ने बताए । गुल्म अनावरण कार्यक्रममा गृहमन्त्री थापाले त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा सरकार लाग्ने र जनताको सुविधाको लागि थप कार्यक्रम ल्याइने बताउँदै सशस्त्र प्रहरी बलको गुल्म स्थापनामा सहयोग पुर्याएकोमा स्थानिय जनतालाई धन्यवाद दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सुरक्षाकर्मीलाई ईमान्दार¸ अनुशासीत र वफादार भई राष्ट्रको सीमा सुरक्षाको जिम्मेवारी र स्थानिय जनताको सुरक्षा उच्च मनोवलका साथ गर्न निर्देशन दिए । कार्यक्रममा बोल्दै दार्चुलाका सांसद गणेश सींह ठगुन्नाले केन्द्र सरकारका गृहमन्त्री छाङ्गरु आउनुभएकोमा स्थानिय जनता हर्षित र उत्साही भएको बताए ।

शुक्रबार नेपाली सेनाको हेलीकप्टरबाट गृहसचिब महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहित दार्चुला जिल्लाको छाङ्गरु पुगेका गृहमन्त्री थापाले व्यास गाउँपालिकाका विभिन्‍न स्थानहरुको स्थलगत अवलोकन गर्नुका साथै स्थानिय वासिन्दाहरुसँग भेटघाट तथा छलफल समेत गरेका थिए । २०७७ साल बैशाख ३१ गते छाङ्गरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना भएकोमा सीमा सुरक्षालाई थप मजवुद बनाउने उद्देश्य अनुरुप सोही बिओपीलाई स्तरोन्‍नती गरी गुल्ममा परिणत गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -