Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३८:०४ बिहान
- ADVERTISEMENT -

दानव नदीले भर्थापुरका घर भत्किए, उद्धारमा प्रहरी खटिए

प्रकाशित मिति: २०७७ असोज ९, शुक्रबार

641
Shares

भैरहवा, शुक्रबार, ९ असोज २०७७ । लगातारको वर्षाको कारण दानव नदीको पानीको बहाव बढ्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्थापुरका घरहरु भत्किएका छन् ।

बाढीले भर्थापुरवासीको घरमा पानी समेत पसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भर्थापुरनिवासी भुराहु धुनिया, तिलक धुनिया, कुमार मल्लाह र अजित धुनियाको फुसले छाएको कच्ची घरभित्र पानी पसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले बताउनुभयो ।

त्यस्तै सोही स्थानका राधेश्याम मल्लाहको फुसले छाएको र उद्धव मल्लाहको माटोको देवाल भएको घरको पश्चिमतर्फको पर्खाल भत्किएको खत्रीले जानकारी दिनुभयो । त्यसैगरी अजय मल्लाहको माटोको देवल भएको फुसले छाएको कच्ची घर भत्किएको प्रहरीले जनाएको छ ।

घरहरुमा डुबान र भत्किएको भन्ने जानकारी पाउनासाथ उद्धारमा लागि प्रहरी टोली खटिएको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भर्थापुरकाको चारघरमा पानी पसेपछि सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको छ । अविरल पानी परेको कारण सशस्त्र प्रहरी बल करौताको टोलीले उनीहरुलाई छिमकीहरुको घरमा सारेको सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको कमाण्डमा नौ जनाको टोलीले उनीहरुको उद्दार गरेको पोखरेलले बताउनुभयो । प्रहरी सतर्क भएको कारण घरमा पानी पसे पनि मानवीय तथा चौपाया क्षति हुन पाएन ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २ अत्याधिक बाढीको जोखिममा पर्ने वडा हुन् । तिनाउ र दानव नदी जोडिएर एक भएर बग्ने भएको कारण यसको तटीय क्षेत्र जोखिममा पर्ने गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -