मुग्लिन, बुधबार, ७ असोज २०७७ । गएराति परेको अविरल वर्षाको कारण मुग्लिन-नारायणगढ सडक खण्ड र मुग्लिन-नौबिसे सडक खण्ड अवरुद्ध भएको छ ।
मुग्लिन-नारायणगढ सडक खण्डको चारकिलो डाँडा र मुग्लिन-नौबिसे सडक खण्डको जोगिमारामा पहिरो जाँदा दुवै सडक खण्ड अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालयको लोडर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
पहिरो हटाइ राजमार्ग सुचारू हुन २–३ घण्टा लाग्नसक्ने प्रहरीको अनुमान छ ।









































