पोखरा, शनिबार, २७ भाद्र २०७७ । कृषि बिधार्थी सम्पर्क मन्च पुरन्चौरको आयोजनामा २ दिने बोल्ने कला एव उत्प्रेरणामूलक तालिम शनिबारदेखि शुरु भएको छ ।
अनलाईन माध्यमद्धारा देशका विभिन्न क्याम्पसमा अध्ययनरत बिधार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको पहिलो दिन १०० जना बिधार्थी प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम एवं मञ्चका अध्यक्ष मनिष पण्डितले तालिमले प्रशिक्षार्थीहरुको क्षमता अभिबृद्धि गर्ने बताउँदै उत्सुकताका साथ सहभागीता बढेको बताउनु भयो । साथै, आज पहिलो दिनको तालिम निकै प्रभावकारी रहेको जानकारी दिनुभयो ।
उक्त तालिमका प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं महिला नेतृ बिमला भण्डारीले तालिमले बोल्ने कला, व्यक्तित्व एवं नेतृत्व बिकासमा टेवा पुग्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नै बताउनुभयो । बर्तमान समयमा व्यक्ति पूर्ण हुनका लागि उसँग बोल्ने कला अनिवार्य जस्तै भएको बिचार समेत व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक प्रा. डा. होम बहादुर बस्नेतले सहभागिहरुलाई सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिदै जबसम्म सकारात्मक सोचको बिकास हुदैन, तबसम्म जिवन सरल बन्न नसक्ने बताउँदै हरेक व्यक्तिमा सकारात्मक सोचको बिकास हुन जरुरी रहेको बताउनुभयो ।
सहभागी सरोज शाही ठकुरीले कोरोनाको कहरका बेला आयोजना गरिएको तालिम निकै फलदायी भएको बताउँदै जिवनमा ईनर्जी थप्नका लागि उत्प्रेरणामूलक तालिमहरु अत्याबश्यक भएको अनुभव साट्नुभएको थियो ।
उक्त कार्यक्रमको संचालन मञ्चका सहसचिव सचिना धितालले गर्नुभएको थियो ।









































