गोरखा, २१ भाद्र २०७७ । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ८ ले नयाँ भवनबाट कार्यालयको सेवा सुरु गरेको छ ।
यसअघि खाब्दी भन्ज्याङबाट सेवा दिईरहेको कार्यालयको सन्तानेश्वर महादेव मन्दिर परिसरमा नयाँ भवन निर्माण पश्चात आजदेखि सेवा सुरु गरेको हो ।

नयाँ भवन बनाएर आजबाट सेवा सुरु गरेको वडा अध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिनुभयो। सामाजिक दुरी कायम गरेर आयोजना गरिएको औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष रमे थापा मगरले वडा कार्यालय उद्घाटन गर्नुभयो ।
गाउँपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँको लागतमा शौचालय सहित ४ कोठे भवन बनाईएको वडा अध्यक्ष अम्गाईले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिृकत जिवन बहादुर आले मगर, वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।









































